काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताएका छन् ।
रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको भन्दै अब विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध भएर अघि बढाउने बताए ।
उनले काग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बाटो समातेको बताए । उनले जनतालाई अनावश्यक आन्दोलनको नाममा दुःख नदिई, स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रित गरेर जनताका बीचमा जाने योजना रहेको जनाए ।
शिवाकोटीले सरकारले जनतासामू गरेका बाचा र प्रतिबद्धताहरू पूरा गराउन निरन्तर ६ महिनासम्म जनताको घरदैलोमा जाने कार्यक्रम तय गरिएको समेत बताए ।
राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका आदर्शहरूलाई आत्मसात गर्दै यसै कार्यक्रमलाई पार्टीको केन्द्रीय समिति र कार्यकर्तामार्फत मतदाताहरूसम्म पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ ।














प्रतिक्रिया