पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताए ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याए ।

उनले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गरे । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आफ्ना तर्फबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए।

भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उहाँले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् ।

आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण निर्माणकाे गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिनाअगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : १५ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता