सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता   « Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता  


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी आएको छ त्यताको क्षतिबारे जानकारी आइसकेको छैन,’ मेयर शेर्पाले भने,’कम्तिमा २०-२५ जना मानिस बेपत्ता भएको खबर छ।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

नागपुजेका ८ घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ३९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब