सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता   « Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता  


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् ।

बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी आएको छ त्यताको क्षतिबारे जानकारी आइसकेको छैन,’ मेयर शेर्पाले भने,’कम्तिमा २०-२५ जना मानिस बेपत्ता भएको खबर छ।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट

नागपुजेका ८ घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ३९ बजे

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री