ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ « Khabarhub

ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – प्रहरीले बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आफ्नी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । लगत्तै नर्सिंङ होम नेपालगञ्जमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको जनाकारी पाएलगत्तै घटनस्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ५ : ०४ बजे

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको

जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

टोरन्टो – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६

आज २०८३ साल असार ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६