ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै « Khabarhub

ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर ललित भण्डारी सवारी दुर्घटनामा घाइते भएका छन् ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा मोटरसाइकलमा सवार भण्डारीलाई ट्रकले ठक्कर दिँदा घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका हुन् । उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

क्रिकेटर भण्डारीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

´घाइतेको अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। प्रारम्भिक रिपोर्ट नआइ केही भन्न सकिन्न,` निसर्ग अस्पतालका एक डाक्टरले बताए।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको झलारी प्रहरी प्रमुख धिरेन्द्र रावलले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ४८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये