डा. गोविन्द केसीले जुम्लामा शुरु गरे अनसन | Khabarhub Khabarhub

डा. गोविन्द केसीले जुम्लामा शुरु गरे अनसन


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले जुम्लामा सत्याग्रह थालेका छन् । डा. केसीले आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज (सोमवार) दिउँसो २ बजेदेखि अनसन थालेका हुन् ।

वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका हुन् । डा. केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै पर्ने सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसन बसेका हुन् ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् ।

डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

डा. केसीले आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राखेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिस्ठानका पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाएका छन् ।

यस्तै बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गर्नुपर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानून बमोजिम छानबिन र कारवाही गर्नुपर्ने माग उठाएका छन् ।

त्यस्तै डा. केसीले आफ्ना मागमा बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारवाही गर्नुपर्ने पनि बताएका छन् ।

उनले सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानून बमोजिम छानविन र महाअभियोग लगायतका कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

डा. केसीले अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने समेत माग गरेका छन् ।

यसअघि डा. केसीले १८ औं अनसन सीमा विवादको विषय चर्किएकाले आफैंले अनसन तोडेका थिए ।

गत कार्तिकमा डडेल्धुरामा ९ दिन अनसन बसेका डा. केसीले भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै अनसन तोडेका थिए । उनले कात्तिक २६ गते डडेल्धुरा अस्पतालमा एक बालिकाको हातबाट जुस पिँउदै अनसन तोकेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ०८ बजे

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप

इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं–  इजरायल पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आराेपमा काठमाडौं