एउटा त्यस्तो पदार्थ, जसलाई एक ग्रामकै ८० खर्ब रुपैयाँ पर्छ | Khabarhub Khabarhub

एउटा त्यस्तो पदार्थ, जसलाई एक ग्रामकै ८० खर्ब रुपैयाँ पर्छ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले बुझेको कुरा के हो भने सुन, चाँदी र हीरा संसारमा सबैभन्दा महंगो चीज हो । तर, ब्रह्माण्डमा यस्तो चीज पनि छ जसको मूल्य तपाईंले सोचेभन्दा निकै धेरै छ ।

एन्टीम्याटर (प्रतिपदार्थ) नामक पदार्थको मूल्य एक ग्रामको ८ हजार अर्ब (प्रतिग्राम ८० खर्ब रुपैयाँ) पर्छ । यसको मूल्य सुनेर कमैलाई मात्र विश्वास लाग्ने गर्छ ।

विज्ञानका विद्यार्थीले भने यसको नाम सुनेका हुन्छन् । वैज्ञानिकका अनुसार यो प्रतिपदार्थमा विद्युत पनि उल्टो बग्छ । त्यसलाई विशेष रुपले मात्र हेर्न सकिन्छ ।

यो महंगो मात्र छैन, उत्तिकै रहस्यमयी पनि मानिएको छ । वैज्ञानिकहरुले एन्टी म्याटर सामान्य पदार्थ भए पनि यसको गुण विपरीत हुने बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्रम्हाण्डको उत्पतिका रूपमा मानिएको बिग ब्याङपछि पदार्थसँगै प्रतिपदार्थ पनि निर्माण भएको थियो । यसको खोजी भएसँगै यो रहस्यमयी बनेको बताइन्छ ।

तर, कतिपयले भने प्रतिपदार्थलाई काल्पनिक पदार्थ मान्ने गरेका छन् । तर संसारमा प्रतिपदार्थको अस्तित्व रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् ।

यसका बारेमा सबैभन्दा पहिला सन् १९२८ मा वैज्ञानिक पाल डिराकले लेखेका थिए । जसलाई त्यतिबेलाका केही पत्रिकाहरूले न्यूटनपछिका सबैभन्दा ठूला ब्रिटिश वैज्ञानिक मान्दै लेख लेखेका थिए ।

यो प्रतिपदार्थलाई वैज्ञानिकहरूले अन्तरिक्षमा जाने साधनमा इन्धनका रूपमा प्रयोग गर्न सकिने भन्दै अध्ययन गरिरहेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ४७ बजे

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,