एउटा त्यस्तो पदार्थ, जसलाई एक ग्रामकै ८० खर्ब रुपैयाँ पर्छ « Khabarhub

एउटा त्यस्तो पदार्थ, जसलाई एक ग्रामकै ८० खर्ब रुपैयाँ पर्छ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धेरैले बुझेको कुरा के हो भने सुन, चाँदी र हीरा संसारमा सबैभन्दा महंगो चीज हो । तर, ब्रह्माण्डमा यस्तो चीज पनि छ जसको मूल्य तपाईंले सोचेभन्दा निकै धेरै छ ।

एन्टीम्याटर (प्रतिपदार्थ) नामक पदार्थको मूल्य एक ग्रामको ८ हजार अर्ब (प्रतिग्राम ८० खर्ब रुपैयाँ) पर्छ । यसको मूल्य सुनेर कमैलाई मात्र विश्वास लाग्ने गर्छ ।

विज्ञानका विद्यार्थीले भने यसको नाम सुनेका हुन्छन् । वैज्ञानिकका अनुसार यो प्रतिपदार्थमा विद्युत पनि उल्टो बग्छ । त्यसलाई विशेष रुपले मात्र हेर्न सकिन्छ ।

यो महंगो मात्र छैन, उत्तिकै रहस्यमयी पनि मानिएको छ । वैज्ञानिकहरुले एन्टी म्याटर सामान्य पदार्थ भए पनि यसको गुण विपरीत हुने बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्रम्हाण्डको उत्पतिका रूपमा मानिएको बिग ब्याङपछि पदार्थसँगै प्रतिपदार्थ पनि निर्माण भएको थियो । यसको खोजी भएसँगै यो रहस्यमयी बनेको बताइन्छ ।

तर, कतिपयले भने प्रतिपदार्थलाई काल्पनिक पदार्थ मान्ने गरेका छन् । तर संसारमा प्रतिपदार्थको अस्तित्व रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् ।

यसका बारेमा सबैभन्दा पहिला सन् १९२८ मा वैज्ञानिक पाल डिराकले लेखेका थिए । जसलाई त्यतिबेलाका केही पत्रिकाहरूले न्यूटनपछिका सबैभन्दा ठूला ब्रिटिश वैज्ञानिक मान्दै लेख लेखेका थिए ।

यो प्रतिपदार्थलाई वैज्ञानिकहरूले अन्तरिक्षमा जाने साधनमा इन्धनका रूपमा प्रयोग गर्न सकिने भन्दै अध्ययन गरिरहेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ४७ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा