७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित, ७ जिल्ला संक्रमणमुक्त | Khabarhub Khabarhub

७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित, ७ जिल्ला संक्रमणमुक्त


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । यसैगरी ७ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्लामा काठमाडौं, भक्तपुर, चितवन, मोरङ, सर्लाही, रुपन्देही र
सुनसरी रहेका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र  म्याग्दी रहेका छन् ।

यस्तो छ मन्त्रालयको तथ्यांक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०८ बजे

प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

तोलामा ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका