गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो | Khabarhub Khabarhub

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९३ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार नाघेको हो ।

सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ५४ जना जना संक्रमित थपिएका छन् ।

सोमबार १ हजार ८८ जनाको स्वाव परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

स्याङजा पुतलीबजारकी ८० वर्षीया महिला गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत र पोखरा महानगरपालिका ९ की २६ वर्षीया महिला सोही अस्पतालकी स्टाफ नर्स रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।

संक्रमितमध्ये गण्डकी प्रदेशभर १ हजार ८ सय ९५ जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १ हजार एकसय ४० छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले सोमबार राखेको अद्यावधि विवरणअनुसार दुई संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यबिन्दु–१२ स्थायी ठेगाना भएका ६० वर्षका पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा र नवलपरासीपूर्वकै गैंडाकोट–९ स्थायी ठेगाना भएका बर्ष ६२ का एकजना महिलाको चितवन मेडिकल कलेज, चितवनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ५० बजे

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार