फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण | Khabarhub Khabarhub

फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ ।

पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालको ऐतिहासिक पृष्ठभूमीदेखि वर्तमान अवस्था, फेवाताल सम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत समेटेर प्रतिवेदन तयार गरिएको नगरप्रमुख मानबहादुर जिसीले बताए ।

विस्तृत अध्ययन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फेवाताललाई संरक्षण गर्नु सबैको दायीत्व भएकाले त्यसकालागि स्थानीय सरकार र प्रदेश सरकासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको नगरप्रमुख जिसीले बताए ।

‘हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं, प्रतिवेदन बुझेपछि फेवातालको अतिक्रमणलाई छिटो भन्दा छिटो हटाउँन संघीय सरकारले आवश्यक साथ र सहयोग दिने बताउँनुभएको छ ।’ नगरप्रमुख जिसीले भने ।

फेवाताल पोखरा महानगरपालिकाको गौरवको विषय भएकाले यसको संरक्षण र सम्बद्र्धनका विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको नगरप्रमुख जिसीले बताए ।

हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ५६ बजे

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न