डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प « Khabarhub

डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणमा ट्रम्प


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन् ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पले डढेलो लाग्नुको कारण जलवायु परिवर्तन नभई कमजोर वन व्वस्थापनको परिणाम भएको बताए ।

जलवायु परिवर्तनबारे ‘विज्ञानलाई बेवास्ता नगर्न’ एक अधिकारीले गरेको आग्रहलाई अस्वीकार गर्दै ट्रम्पले भने, ‘अब चिसो हुन थाल्छ, तपाईँ हेर्दै गर्नुहोस्, मलाई लाग्दैन विज्ञानलाई खासै थाहा छ।’

क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई लाग्छ यो व्यवस्थापनसँग अझ बढी सम्बन्धित कुरा हो।’

डढेलो नियन्त्रणमा अमेरिकाले अरू देशहरूको तुलनामा धेरै राम्रो काम गरेको उनले दाबी गरे ।

तस्वीर : रोयटर्स

डढेलो नियन्त्रणको प्रयास विफल भएको भन्ने आलोचकलाई उनले  अस्ट्रेलिया र ब्रजिलका जङ्गलमा लागेका डढेलोहरूका उदाहरण दिए।

क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट २० लाख हेक्टर क्षेत्रमा क्षति पुगेको छ । अगस्ट महिनाको पहिलो सातायता मात्रै त्यहाँ कम्तीमा ३५ जनाको ज्यान गएको छ।

क्यालिफोर्नियामा मात्रै १५ अगस्टयता डढेलोले २४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ