आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ? | Khabarhub Khabarhub

आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ?


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारलाई पवन पुत्र श्रीहनुमानको दिनका रुपमा मानिन्छ । यस दिन हनुमानको आराधना गरे बौद्धिक क्षमता वृद्धि, शत्रु पराजति, शारीरिक पीडा लगायतका सबै प्रकारका कष्टबाट मुक्ति पाइने विश्वास गरिन्छ ।

यदि कुनै ब्यक्ति अपराधका कारण कारागार जीवन बिताइ रहेको छ भने संकल्प लिएर क्षमा प्रार्थना गरी भविष्यमा कुनै पनि प्रकारका कुकर्म नगर्ने वचनसहित हनुमान चालीसाको १०८ पटक पाठ गरेमा उसको कारागार जीवन छोटिने धार्मीक मान्यता छ ।

हनुमानको कृपा भएमा शनि र यमराजले समेत कुनै हानी पुर्‍याउन सक्दैनन् । त्यसैले शनि ग्रहको पीडाबाट छुटकारा पाउने चाहाना भएमा हरेक मंगलबार हनुमान मन्दिरमा गई हनुमान चालीसा पाठ गर्नुहोस् । साथै शनिबारका दिन सुन्दरकाण्ड वा हनुमान चालिसा पाठ गरेमा शनि भगवानको समेत कृपा प्राप्त हुन्छ । तर मंगलबार र शनिबार भुलेर पनि मदिरा वा मांसाहारी भोजन गर्नुहुदैन ।

कुनै रोगबाट पीडित हुनुहुन्छ वा घरमा कोही बिरामी छ भने हनुमानजीको प्रतिमा सामु जलको एक पात्र राखेर २६ वा २१ दिनसम्म नियमित हनुमान चालिसाको पाठ गरे रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ । उक्त जललाई हरेक दिन ग्रहण गर्नुहोस् र भोलीपल्ट अर्को जल राख्नुहोस् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : ५२ बजे

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको

भरतपुर अस्पतालमा पनि चिकित्सकको धर्ना

चितवन– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य

गौरीशंकरको गुनासो- आलमका मान्छे अझै धम्क्याइरहेका छन्, बाँच्नै मुस्किल भयो

काठमाडौं- पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहेका बेला २०६४ चैत २७