भक्तपुर मृत्यु प्रकरण : धारिलो हतियारको प्रयोग गरी आमाछोराको हत्या ! | Khabarhub Khabarhub

भक्तपुर मृत्यु प्रकरण : धारिलो हतियारको प्रयोग गरी आमाछोराको हत्या !


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकाघरका तीनै जनाको मृत्यु भएको भक्तपुर घटनामा तीन मध्ये दुई जनाको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘हामीले तीन वटै शव पोष्टमार्टका लागि पठाएका थियौं जसमध्ये दुई जनाको धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ ती अधिकृतका अनुसार पोष्टमार्टमको लिखित रिपोर्ट आइनसकेकेको र मौखिक रुपमा धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको भन्ने जानकारी अस्पतालले प्रहरीलाई दिएको छ ।

गत शुक्रबार साँझ करिव ५ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव भेटिएको थियो ।

जसमध्ये सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रयोग भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले देखाएको हो । शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अस्पतालबाट मौखिक जानकारी आएपनि लिखित रिपोर्ट नआइसकेकाले यहि हो भनेर भन्न सकिने अवस्था छैन । तर दुई जनाको शवको प्रारम्भिक रिपोर्ट भने धारिलो हतियारकै प्रयोगबाट मृत्यु भएको देखिएको छ ।’

यता प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको हुनसक्ने संकेत गरेको छ । यद्यपी यो अहिले अनुसन्धानकै चरणमा रहेकाले प्रहरीले प्रमाणसहित घटनाको तथ्य बाहिर ल्याउन भने सकेको छैन ।

यो पनि पढ्नुहोस्

भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या !

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : ५० बजे

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख