अमेरिकी सेनामा रोबोट कुकुर भर्ती | Khabarhub Khabarhub

अमेरिकी सेनामा रोबोट कुकुर भर्ती


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सेनामा कृत्रिम बौद्धिकताको उपयोग बढाउनका लागि अमेरिकाको वायुसेनाले रोबोट कुकुर राखेर ठूलो अभ्यास गरेको छ । युद्धभूमिमा मानव सैनिकहरू प्रवेश गर्नुअघि जोखिम आकलन गर्न रोबोट कुकुरलाई तालिम दिइएको हो ।

चारवटा खुट्टा भएका अनि टाउको नभएका यान्त्रिक कुकुरलाई अमेरिकाको नेभादामा रहेको नेल्लिस एयर फोर्स बेसमा विमानबाट निस्केर खतराको संकेत पत्ता लगाउन अह्राइएको थियो ।

ती कुकुर विकसित युद्ध व्यवस्थापन प्रणालीका एक हिस्सा हुन् । अमेरिकी वायुसेनाले कृत्रिम बौद्धिकता तथा आँकडा विश्लेषण गरेर अमेरिकी सेनालाई हुने जोखिम विश्लेषण गरेर त्यसलाई निस्तेज पार्नेछ ।

कुकुरहरूलाई गोस्ट रोबोटिक्सले बनाएको हो । त्यो फिलाडेल्फियामा रहेको कम्पनी हो । कुकुरलाई भिजन ६० यूजीभी नाम दिइएको छ ।

कुकुरहरूलाई टाढैबाट नियन्त्रण गर्न सकिन्छ र तिनले युद्धभूमिमा सैनिक जानुअघि त्यहाँको तस्वीर लिन्छन् । उनीहरूलाई उचाइमा चढ्नका लागि र विभिन्न सतहमा जानका लागि तालिम दिइएको छ ।

कुकुरहरू वायुसेनाका ‘किल चेन’ का महत्त्वपूर्ण अंग हुन् । किल चेन सैन्य शब्दावली हो जसले विश्लेषण, योजना निर्माण र सैन्य कारवाहीको प्रक्रियालाई इंगित गर्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : २६ बजे

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,