पुटिनका कट्टर आलोचक नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार | Khabarhub Khabarhub

पुटिनका कट्टर आलोचक नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन – रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ ।

जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उनी अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न थालेका छन् ।

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ ।

गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो । जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ । रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ ।

च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उहाँ अस्पतालको शैयाबाट यताउता हिँडडुल गर्न सक्ने हुनु भएको छ ।”

रसियाका विदेश मन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरुले अघि सारेको आरोप लगाएका छन् । उनले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत हुनुभएका नाभाल्नीलाई बचाउन विमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताए ।

उनले चिकित्सकहरुले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पर्ने थियो भने ।

उनले भने, “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरुको तत्काल प्रतिक्रिया निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरुले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन् ।”

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ४५ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान