फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाइ « Khabarhub

फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाइ


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ ।

राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।

सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो शहरमा लागू हुँदैछन् । यी दुई शहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ । क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ ।

बोर्डो शहरमा एकजना वरिष्ट सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी र बिचमा पनि पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको छ ।

साथै मनोरञ्जनात्मक क्रियाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ । केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा यस्तो भेला १००० मा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।

फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् ।

फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया