अब नेपालको क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटर « Khabarhub

अब नेपालको क्षेत्रफल १,४७,६४१.२८ वर्ग किलोमिटर


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ ।

मंगलबार सार्वजनिक गरिएको ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको हो ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको हो र उक्त पुस्तकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका छन् ।

पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको हो ।

यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : १९ बजे

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी

किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती