निःशुल्क पीसीआर परीक्षण हुन नपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश « Khabarhub

निःशुल्क पीसीआर परीक्षण हुन नपर्ने कारणसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीसीआर परीक्षण निःशुल्क हुन नपर्ने कारणसहित उपस्थित हुन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ ।

संबैधानिक र कानूनी व्यवस्था उल्लंघन गर्दै सरकारले पीसीआर परीक्षणको शुल्क लिएको भन्दै  सर्बोच्चमा परेको रिटमा न्यायाधीश हरि फुँयालको इजलाशले सरकारी पक्षलाई निःशुल्क पीसीआर परीक्षण हुन नपर्ने कारणसहित यही असोज ८ गते छलफलमा उपस्थित हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको हो ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३(४-ग)मा सरुवा रोगको उपचार निःशुल्क गर्ने व्यवस्था सुनिश्चित भए बमोजिम कोभिड- १९ को पीसीआर परीक्षण पनि निःशुल्क हुनुपर्ने रिट निवेदकको दाबी छ ।

पीसीआर परीक्षण राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरु सांसद, कर्मचारीहरुको निःशुल्क परीक्षण भइसकेको तर, शंका लागेमा नागरिकले परीक्षण गर्दा शुल्क लिइएपछि सर्वोच्चमा रिट परेको हो ।

रिटमाथिको प्रारम्भिक सुनुवाईअघि वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारी, डाक्टर चन्दकान्त ज्ञवाली, अधिवक्ताहरु पंकजकुमार कर्ण, सूर्यबहादुर वली, खिमानन्द अधिकारी, राजेन्द्र महर्जन, लोकेन्द्र ‍ओली, केशरजंग केसी, हरिप्रसाद दाहाल, वीरभद्र जोशीले बहस गरेका थिए ।

संविधानको धारा ३५ मा गरिएको मौलिक हक अन्तर्गतको स्वास्थ्य सम्बन्धी हककमा पनि आधारभूत र आकस्मिक सेवा निशुल्क हुने व्यवस्था छ । त्यस्तै संविधानमा समानताको हकले कानूनका दृष्टिकोणले सबै नागरिक समान हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : २४ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको