ओपोले सार्वजनिक गर्‍यो कलरओएस ११ « Khabarhub

ओपोले सार्वजनिक गर्‍यो कलरओएस ११


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ। ओपोको यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलमा प्रस्तुत गरेको छ।

ओपो र गूगलको सहकार्यमा पहिलो निर्मित गूगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट यो फोनको एक विशेषता हो।

यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशटमार्फत अक्षर टाइप गर्न सकिन्छ।

यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि-टास्किङका लागि सरल गराउँछ। जसकाे सहायताबाट प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन्।

यो फोनमा ब्याट्रीलाई लामो समयसम्म टिक्छ। लो-ब्याट्री भएको अवस्थामा समेत ६ वटा एप छनोट गरी चलाउने सुविधा पाउनेछन्।

ब्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा लामो समयसम्म चार्ज गर्नुपर्दा ब्याट्रीलाई सुरक्षा दिन्छ।

यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८० प्रतिशत पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकेर प्रयोकर्ता उठ्ने समयसम्मका लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोक्ने कम्पनीले बताएको छ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरप्रिन्ट वा फेशियल भेरिफिकेशनको प्रयोग गर्न सकिन्छ।

यो फोनको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिज मार्फत हुने जानकारी दिइएको छ। पूर्णः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ३८ बजे

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान