ओपोले सार्वजनिक गर्‍यो कलरओएस ११ « Khabarhub

ओपोले सार्वजनिक गर्‍यो कलरओएस ११


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले नयाँ कलरओएस ११को ग्लोबल लञ्च गरेको छ। ओपोको यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलमा प्रस्तुत गरेको छ।

ओपो र गूगलको सहकार्यमा पहिलो निर्मित गूगल लेन्सद्वारा सञ्चारित थ्री फिंगर ट्रान्सलेट यो फोनको एक विशेषता हो।

यसले तीन औँलाको सहायताद्वारा खिचिएको साधारण स्क्रिनशटमार्फत अक्षर टाइप गर्न सकिन्छ।

यसमा रहेको फ्लेक्सड्रप फिचरले मल्टि-टास्किङका लागि सरल गराउँछ। जसकाे सहायताबाट प्रयोगकर्ताले भिडियो हेर्दै टेक्स्ट गर्न सक्छन्।

यो फोनमा ब्याट्रीलाई लामो समयसम्म टिक्छ। लो-ब्याट्री भएको अवस्थामा समेत ६ वटा एप छनोट गरी चलाउने सुविधा पाउनेछन्।

ब्याट्री गार्डले अस्थिर पावर भोल्टेज भएको अवस्थामा लामो समयसम्म चार्ज गर्नुपर्दा ब्याट्रीलाई सुरक्षा दिन्छ।

यसले रातको समयमा स्वचालित रुपमै चार्ज ८० प्रतिशत पुगेको अवस्थामा चार्जिङ प्रक्रियालाई रोकेर प्रयोकर्ता उठ्ने समयसम्मका लागि पूर्ण चार्ज हुने प्रक्रियालाई रोक्ने कम्पनीले बताएको छ।

एपलकका लागि नयाँ सर्टकटले प्रयोगकर्तालाई पासवर्ड, फिंगरप्रिन्ट वा फेशियल भेरिफिकेशनको प्रयोग गर्न सकिन्छ।

यो फोनको सुरुवात फाइन्ड एक्सटू सिरिज र रेनोथ्री सिरिज मार्फत हुने जानकारी दिइएको छ। पूर्णः रोलआउट हुँदा यसले फाइन्ड, रेनो, एफ, के र ए सिरिज अन्तर्गतका २८ भन्दा बढी फोन मोडलहरु समेट्ने बताइएको छ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : ३८ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई