चैतभित्रै यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी | Khabarhub Khabarhub

चैतभित्रै यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ ।

पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित मान्यतासमेत तोडेको छ । अब कोभिड–१९ का कारण विद्यालय बन्द भए पनि वैशाखबाटै शैक्षिक सत्र गणना हुने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो ढाँचा स्वीकृत गरेको हो । हाल विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले आगामी सात महिनाभित्रै यो वर्षको पठनपाठन पूरा हुने बताए । उनले संश्लेषित पाठ्यक्रमका आधारमा अब बाँकी रहेको सात महिनाभित्र नै शैक्षिक सत्र पूरा हुने बताए ।

शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइलाई मान्यता दिएको केही दिनमै संश्लेषित पाठ्यक्रम सार्वजनिक गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि सहज तरिकाले पठनपाठन हुन सकेको थिएन ।

गत १९ भदौमा शिक्षामन्त्री पोखरेलले कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको सार्वजनिक गरेका थिए ।

संश्लेषित पाठ्यक्रमअनुसार विद्यार्थीले आफैं पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्ने योजना बनाइएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्यांकनका उपाय सुझाउने उद्देश्यले पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको जानकारी दिए ।

उनले विद्यार्थीको सिकाइको मूल्यांकन प्रमाणका आधारमा गर्नुपर्ने मान्यताको ढाँचा निर्माण भएको बताए ।

पाठ्यवस्तु समायोजनका लागि एकीकरण, समूहीकरण र प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको छ ।

जसअनुसार तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ ।

विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।

शिक्षकले आन्तरिक र आवधिक मूल्यांकन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाए पनि विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने ढाँचा तयार पारिएको छ । विद्यार्थीको मूल्यांकन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने पाठ्यवस्तु समायोजन ढाँचा २०७७ मा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : १२ बजे

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।