निद्रा बिथोल्ने भेरीले कुदुको चित्त कहिले बुझाउला « Khabarhub

निद्रा बिथोल्ने भेरीले कुदुको चित्त कहिले बुझाउला


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- घर आँगनमै मौसमअनुसारको बैँस निकाल्ने भेरी नदी एकनासले बगेको छ । कहिले गाउँभरिको निन्द्रा बिथोल्ने सुसाइ त कहिले कहिले शान्तरूपमा बग्ने भेरी नदीले कुदुवासीको तिर्खा भने अहिलेसम्म मेट्न सकेको छैन ।

जाजरकोट सदरमुकामको मुटुमै मात्र होइन, रुकुम पश्चिम जाने मूलबाटोका रूपमा रहेको भेरी नगरपालिका–१३ मा पर्ने कुदु छिन्चु–जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडकले ओगटेको भूभाग पनि हो । मध्यपहाडी लाकमार्गले समेत कुदुलाई अँगालो हालेर जगतीपुर हुँदै दैलेख जोड्ने गरी काम जारी छ ।

सडकको ‘हव’का रूपमा स्थापित भए पनि खानेपानीको अभावमा यहाँका सर्वसाधारणको पीडा देखिसक्नु छैन । कुदुमा जिल्लाभरिलाई पुग्ने समथर भूभाग भए पनि सिँचाइको अभावमा सदुपयोग नहुँदा जिल्लावासीले बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने बाध्यता छ ।

प्रत्येक दिन भेरी नदीको किनारबाट धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी काली विक पानीको दुःख हेरेर दिक्क भइसकेको बताउँछन् ।

“स्वास्थ्य सेवा र सडक भएर मात्र के गर्ने ? फोहोर पानी पिउँदा हप्तामा एक पटक आफन्त बिरामी हुन्छन्, जानीजानी फोहोर पानी पिउनै पर्ने बाध्यता छ । वर्षायाम भन्दा हिउँदमा भेरी नदीको पानी सफा हुन्छ, त्यतिबेला सजिलो पनि हुन्छ”, उनी बताउँछिन् ।

आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका कुदुवासीले शुद्ध पानीका लागि धेरै ठाउँमा गुहार मागे पनि खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका रविन विकले बताए ।

“भेरीमै हामीले पानी भरेर लिएको तपाइँहरुले देख्नुभएको छ, फोटो खिच्नुहोस् र नेताहरुलाई जसरी नि देखाउनुहोला”, यो भन्दै गर्दा रविनको अनुहारमा केही आशा र आक्रोश व्यक्त भएको देख्न सकिथ्यो । “अझै पनि भेरी नदी सुकेको छैन, केही व्यवस्थापन छिटो गरे अर्को पुस्ताले दुःख नभोगोस्, यही हाम्रो चाहना छ”, उनले भने । उनका अनुसार गाउँमा रहेको एउटा कुवामा बिहानदेखि राति अबेरसम्म पानी लिने सर्वसाधारणको ठूलो लस्कर लागेको हुन्छ । सोही कुवा नजिकै सडक भएकाले गाडीवालाहरु कुवामा पानी भर्न आएका मानिसहरुको भीड देख्दा मेला छ की भनेर कयौँ पटक गाडी रोकेर हेर्ने गरेको समेत स्थानीयवासीहरु बताउँछन् ।

यही वडाबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरु केन्द्रीय राजनीतिमा पुगेको भए पनि आफ्नो माग पूरा नहुँदा नमिठो लागेको सर्वसाधारणको गुनासो छ । कुदुमा पानीको समस्या नौलो नभएको स्थानीयवासीहरु बताउँछन् । “जुन दिनदेखि यहाँ बस्ती बस्यो सोही दिनदेखि पानीको कुरा उठ्यो तर कहिले सुनुवाइ भएन”, कुदुका शेरबहादुर बस्नेतले भने ।

भेरी नगरपालिकाको रु ५० लाख लगानीमा निर्माण भएको बोरिङ मेसिनबाट पानी निकाल्ने काम अहिले एक घण्टा पनि सञ्चालन हुन नसकेको सर्वसाधारण बताउँछन् । विद्युत आपूर्ति भएमा मात्र सो पानी सञ्चालनमा आउने गर्दछ । एक घण्टा मात्र आउने पानीले कुदुका सर्वसाधारणलाइ छेउ टुप्पो केही नपुग्ने उनीहरुको प्रतिक्रिया छ ।

झण्डै २०० घरधुरी रहेको कुदुमा उक्त पानी हातीको मुखमा जिरा भएको स्थानीयवासीहरु बताउँछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : ५६ बजे

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६