संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन ओली-दाहाल सहमत | Khabarhub Khabarhub

संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन ओली-दाहाल सहमत


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भएको हो।

यसका लागि भोलि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित बैठक बसेर संवैधानिक आयोगका रिक्त पदमा क-कसलाई टुंग्याउने भन्ने टुंगोमा पुगिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताइसकेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा बुधबार पनि भेटवार्ता भएको जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ३ : १४ बजे

क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते

जर्मनी – क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ

आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

काठमाडौं – अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर