नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,५३९ कोरोना संक्रमित « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,५३९ कोरोना संक्रमित


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो ।

सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या३७९ पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : २३ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका