लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि | Khabarhub Khabarhub

लिम्पियाधुरासहितको नेपाली भूमिमा भारतले बढायो सैन्य गतिविधि


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारतले लिम्पियाधुरासहितको नेपाली भूमिमा आफ्नो सैन्य गतिविधि बढाएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार चीनसँग सीमा क्षेत्रमा तनाव बढ्दै गएपछि लिपुलेक लगायतका क्षेत्रलाई लक्षित गर्दै भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पिथौरागढ जिल्लाअन्तर्गत राखेको छ । पिथौरागढसहितका तीन जिल्लामा हवाई प्रतिरक्षा राडार स्थापना गर्न लागेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

उत्तराखण्डका पिथौरागढ, उदिमसिंह नगर र चम्पावतको सीमा नेपालसँग जोडिएका छन् । चीनसँग सीमा जोडिएको चमोली र उत्तरकाशीमा पनि एयर डिफेन्स राडार राख्ने तयारी भारतले गरेको छ ।

उत्तरखण्ड राज्य सरकारले वायु प्रतिरक्षा राडारसँगै एडभान्स ल्यान्डिङ ग्राउन्डका लागि पनि भारतीय वायु सेनालाई जमिन उपलब्ध गराउने तयारी गरेको छ ।

भारतले गत वैशाख अन्तिममा नेपाली भूमि लिम्पियाधुरासहितको क्षेत्रबाट सडक निर्माण गरेपछि नेपालले कूटनीतिक नोट पठाएर सो कदमको विरोध गरेको थियो । पछि नेपालले उक्त क्षेत्र समेटर नयाँ नक्सा नै जारी गरिसकेको छ ।

भारतले भने नेपाली भूमिमाथिको अतिक्रमण त्यागेको छैन । भारतले कालापानी क्षेत्रमा मात्रै सैनिक र अर्धसैनिक बलका गरी ५ हजार जवान रहेको इन्डो—तिब्बत बोर्डर फोर्सको क्याम्प राखेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : १२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी