१५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी « Khabarhub

१५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाठौं- अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ ।

अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ ।

यसरी देश निकाला हुनेमा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासी बढी छन् ।

टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब ४ लाख भएको न्यूयोर्क टाइम्सले जनाएको छ । यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ ।

अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ ।

आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति दिन टीपीएसको सुविधा ल्याइएको थियो ।

तर राष्ट्रिय सुरक्षामा खतरा भएको तथा रोजगारीमा अमेरिकीलाई प्राथमिकता भन्दै ट्रम्प सरकारले यसअघि नै विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने प्रयास गरेको थियो ।

तर, कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण उनले टीपीएस सुविधा खारेज गरेर उनीहरुलाई निकाल्न सकिरहेका थिएनन् । तर, सोमबारको अदालतको फैसलाले उनलाई आफ्नो पूरानो निर्णय कार्यान्वयन गर्न बाटो खोलिदिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकाको नाइन्थ सर्किटको अपिल अदालतले २–१ को बहुमतले करिब ४ लाख आप्रवासीको अमेरिकामा कानुनी रुपमा बस्न पाउने अधिकारलाई खारेज गरिदिएको हो ।

यदि यी ४ लाख आप्रवासीले आफै अमेरिका नछाडे उनीहरुलाई डिपोर्ट गर्नसमेत सरकारलाई अनुमति दिएको छ ।

अदालतको उक्त आदेशसँगै १५ हजार नेपाली पनि डिपोर्ट हुने सम्भावना बढेको छ । २०७२ को विनाशकारी भूकम्पपछि अमेरिकाले नेपालीलाई टीपीएस सुविधा दिएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १ : ४६ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल