संवैधानिक आयोगका पदाधिकारी टुंग्याउन ओली-दाहाल-देउवा छलफलमा जुट्दै « Khabarhub

संवैधानिक आयोगका पदाधिकारी टुंग्याउन ओली-दाहाल-देउवा छलफलमा जुट्दै


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य बिपक्षी दल कांग्रेस सभापति शेर बहादुर देउवा आज छलफलमा बस्दैछन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल हुन लागेको हो।

तर, अहिलेसम्म छलफलको समय तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

लामो समयदेखि संवैधानिक आयोगका पदाधिकारी रिक्त भएपछि संवैधानिक परिषद्को बैठक बस्नअघि आज देउवासहित बैठक बसेर रिक्त पदमा क-कसलाई नियुक्ति गर्ने भन्ने समझदारीको प्रयास हुन लागेको हो ।

१३ संवैधानिक निकायमध्ये ११ वटामा ४८ पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५/५ जना पदाधिकारीहरु नियुक्त हुन बाँकी छ ।

संवैधानिक परिषदको बैठक नबस्दा भाषा आयोगमा ६ पदाधिकारी , मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४/४ जना पदाधिकारी पनि नियुक्त हुन सकेका छैनन् ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित ३ जना र निर्वाचन आयोगका दुई आयुक्त नियुक्त हुन बाँकी छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका