पशुपतिबाट यसरी समापन गरियो पितृ पक्ष (फोटो फिचर) | Khabarhub Khabarhub

पशुपतिबाट यसरी समापन गरियो पितृ पक्ष (फोटो फिचर)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ११ : ४८ बजे

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा

समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य 

काठमाडौं– समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने

काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं– सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर