तल्लो तलाबाट ८० मा किनेको प्याज माथिल्लो तला लगेर १५० मा बिक्री ! « Khabarhub

तल्लो तलाबाट ८० मा किनेको प्याज माथिल्लो तला लगेर १५० मा बिक्री !



काठमाडौं- हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १ सय ५० रुपैयाँ किलोमा प्याज बेचिन् ।

उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए ।

‘गाडीमा प्याज बोकेर आउँछन्, बेच्छन् । पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन्,’ दुलालको भनाइ थियो । यति सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो कारोबारमा कसैले बिल लिए वा दिएको छैन ।

तीनकुनेको कुषि बजारमा १ सय २८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुद्रा व्यापार हुन्छ । हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन् । परिचय पाटी राखिएको छैन । खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ । नापतौलको प्रमाण पत्र पनि छैन ।

यसरी सञ्चालन गरिएकामध्ये आजबाट ३ वटा होलसेल पसलको कारोबार रोक्का गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक विनोद बिक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मलाई कारोबार रोक्का गरेको हो ।

यसरी रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्योतीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् । उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।

प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको तीनकुनेका व्यापारीको भनाइ छ ।
अनुगमनमा उपभोक्ता अधिकार अनुसन्धान मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय प्रहरी, नगर प्रहरीका प्रतिनिधि थिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ११ : ५९ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज