देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् ।

संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने छलफलका लागि देउवा बालुवाटार जाने भनिए पनि अहिले स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल हुने तय भएको थियो ।

सभापति देउवाले भोलि कोरोनाको परीक्षण गराउने स्वकीय सचिव देउवाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १२ : ४५ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना