कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३८३ पुग्यो


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण यस्तो छ-

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसअघि मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने गत विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : २७ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका