नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री « Khabarhub

नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताएका छन् ।

सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताए ।

स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागिपरेको जानकारी दिँदै उनले कोभिडका कारण विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्नेतर्फ सरकारको ध्यान गएको बताए ।

मन्त्री ज्ञवालीले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर एवं साढे एक प्रतिशतका दरले गरीबी घटाउँदै गएको र नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको बताए ।

दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीका पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पीसीआर मेशिन उपलब्ध गराएको थियो । उक्त यन्त्रमा आन्तरिक समस्या आएका कारण गत महिना फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो ।

रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पीसीआर मेशिन यसै सातादेखि सञ्चालनमा आउने गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : २७ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’