विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा– प्रचण्ड | Khabarhub Khabarhub

विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा– प्रचण्ड


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वर्ल्ड फन पार्कको विहीवार उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने, “पञ्चायत विरोधी आन्दोलन भनौं या २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।” उनले थपे, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।”

विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उनले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गरे । उनले भने, “हामी सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहन्छौँ, हामीलाई साथ लिएर गए मुलुकमा समृद्धि आउँछ ।”

कोइरालाले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबाट भेटघाट समूहको प्रवद्र्धनमा फनपार्क सञ्चालनमा आएकामा यसले समग्र जिल्ला र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  १ : २९ बजे

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो सिटीलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस