देवदहको क्वारेन्टिनमा एक युवकद्वारा आत्महत्या ! « Khabarhub

देवदहको क्वारेन्टिनमा एक युवकद्वारा आत्महत्या !


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको देवदह नगरपालिकास्थित एक क्वारेन्टिनमा रहेका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

देवदह नगरपालिका—४, सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा सोही वडाका २५ वर्षीय पीताम्बर पाण्डे बुधबार राति झुण्डिएर मरेको अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका पीताम्बर क्वारेन्टिनमा बसेको १३ दिन पुगेको थियो । राति भवनको बाहिरपट्टि छतमा रहेको फलामको रडमा उनी झुण्डिएको फेला परेका हुन् । उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

पाँच दिनअघि पिसिआर परीक्षणका लागि उनको स्वाब लिइएको थियो तर रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा थियो,’ देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने, ‘उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।’

घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : ४५ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’