कालीकोटमा देखिन थाले औलो रोगका बिरामी « Khabarhub

कालीकोटमा देखिन थाले औलो रोगका बिरामी


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म – कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

जिल्ला अस्पताल कालिकोटले गरेको परीक्षणमा खाँडाचक्र–२ का बाहिरी जिल्लाका एक र चार स्थानीय गरी पाँच जनामा औलो रोग देखिएको छ ।

औलो रोग देखिएपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट डा मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालिकोट पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । यो औलो रोग मान्छेबाट मान्छेमा नसर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सेजुवालले बताए ।

पहिला पहिला पहाडी जिल्लामा औलोका बिरामी भेटाउन मुस्किल हुने गरेको तर अहिले लामखट्टेका कारणले औलो रोगका बिरामी भेटिन थालेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताए ।

“तराईमा मात्र विगतमा लामखुट्टे देखिने गरेका थिए”, उनले भने, “अहिले लामखुट्टे पहाडमा देखिन थालेका कारणले पनि औलो रोगका बिरामी पहाडमा देखिन थालेका हुन् ।”

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ३३ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको