कालीकोटमा देखिन थाले औलो रोगका बिरामी | Khabarhub Khabarhub

कालीकोटमा देखिन थाले औलो रोगका बिरामी


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म – कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा औलो रोगका बिरामी देखिन थालेका छन् । तराई क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग पहाडमा देखिन थालेको हो । पहाडी जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो रोगका बिरामी भेटिन थालेका छन् ।

जिल्ला अस्पताल कालिकोटले गरेको परीक्षणमा खाँडाचक्र–२ का बाहिरी जिल्लाका एक र चार स्थानीय गरी पाँच जनामा औलो रोग देखिएको छ ।

औलो रोग देखिएपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट डा मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालिकोट पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । यो औलो रोग मान्छेबाट मान्छेमा नसर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने सेजुवालले बताए ।

पहिला पहिला पहाडी जिल्लामा औलोका बिरामी भेटाउन मुस्किल हुने गरेको तर अहिले लामखट्टेका कारणले औलो रोगका बिरामी भेटिन थालेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताए ।

“तराईमा मात्र विगतमा लामखुट्टे देखिने गरेका थिए”, उनले भने, “अहिले लामखुट्टे पहाडमा देखिन थालेका कारणले पनि औलो रोगका बिरामी पहाडमा देखिन थालेका हुन् ।”

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ३३ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक