फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा | Khabarhub Khabarhub

फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो। गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो।

त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन्। भुटान १८९औं, बङ्गलादेश १८७औं, श्रीलङ्का २०६औं र पाकिस्तान २००औं स्थानमा छन्।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छन्।

पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो।

एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ११ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित