युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण « Khabarhub

युरोपेली देशमा दोब्बरले बढ्यो कोरोना संक्रमण


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ ।

अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए ।

यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ४५ बजे

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी