बार्तामेउविरुद्ध अविश्वासको मत « Khabarhub

बार्तामेउविरुद्ध अविश्वासको मत


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस महारथि क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउविरुद्ध अविस्वासको मत राखिएको छ।

बार्सिलोनामा उनीविरुद्ध आवश्यक पर्ने मत अविश्वासको प्रस्तावका रुपमा दर्ता भएसँगै उनको पद धरापमा रहेको छ ।

अविश्वासको मतलाई समर्थन गर्नेमा आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा अघि रहेका तीन जना जोर्डी फारे भिक्टोर फन्ट र ल्युस फर्नान्डेज अलसहित आठ विचार समूहहरु समावेश छन् ।

यदि दुई तिहाई संख्या यसको पक्षमा रहे भने क्लबले बार्तामेउलाई पदबाट हटाउन बाध्य पार्नेछ र क्लबको नयाँ अध्यक्ष छान्न चुनाव हुनेछ ।

हस्ताक्षर प्रमाणिकरण भएपछि १ लाख ५० हजार सदस्यहरुले यस विषयमा मतदान गर्नेछन । जसमा कम्तीमा ६६ प्रतिशत मतले अविश्वासको प्रस्तावमा मतदान गरे बार्तामेउको अध्यक्ष पद सकिनेछ ।

हस्ताक्षरको प्रमाणिकरण गरेपछि बार्सिलोनाले बार्तामेउ रहने कि नहरने भन्ने निर्णय गर्ने बीबीसीले उल्लेख गरेको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अगस्टमा क्लब छाड्न गरेको प्रस्ताव पछि क्लब समर्थकहरु बार्तामेउसँग आक्रोसित बनेका हुन् ।

त्यसोत मेस्सी क्लबमा रहे आफु क्लब छाड्न तयार रहेको बार्तामेउले अगस्टमै घोषणा पनि गरेका थिए ।

बार्सिलोनाका अध्यक्षविरुद्ध अविश्वासको मत खप्ने बार्तामेउ तेस्रो अध्यक्ष हुन् । यसअघि सन् १९९८ मा तत्कालिन अध्यक्ष लुइज नुनेज र २००८ मा जोन लार्पोतामाथि पनि अविश्वासको मत दर्ता भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ५८ बजे

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित

भक्तपुरको एक विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर– भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो