खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन | Khabarhub Khabarhub

खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे ।

उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका छन् ।

उनले भने “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।” उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ०४ बजे

बञ्चरेडाँडाका स्थानीयले भने- सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न दिदैनौँ

काठमाडौं– बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन

९० प्रतिशत केन्द्रीय सदस्यले एकताको पक्षमा धारणा राख्नुभएको छ, हामी रोकिँदैनौँ : राजेन्द्र राई

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

बैंकक- थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ