गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा « Khabarhub

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् ।

नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उनकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् ।

“मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहेको उल्लेख गरेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।

गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताए ।

पिता गणेशमानलाई स्मरण गर्दै उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न छ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको बताउँदै प्रजातान्त्रका लागि ठुलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधैँ सम्झिरहने उल्लेख गरे ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ४३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल