पुजारी हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन | Khabarhub Khabarhub

पुजारी हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- पुजारी श्रीराम साह ‘हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको हाे ।

राष्ट्रिय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहकाे नेतृत्व प्रदर्शन भएकाे हाे। त्यस्तै हिन्दू युवा परिषदका संस्थापक तथा अभियानका वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए

अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पूर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार भएको उनले बताए ।

अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ? सन्त श्रीराम साहको हत्याको छानविन गर्न विशेष समिति बनाउ, साधुसन्तमाथिको हमला बन्द गर, हिन्दू समाज एक हौँ भन्दै सरकारविरूद्ध नाराबाजी लगाएका थिए।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ०० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार