किसानहरुले भैँसी पाल्नै छाडे « Khabarhub

किसानहरुले भैँसी पाल्नै छाडे


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जुम्ला– जुम्लामा भैँसीपालन लोप हुँदै गएको छ । कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् ।

पछिल्लो समय उन्नत जातका गाई भित्रिँदै गएपछि स्थानीय किसानले भैँसी पाल्न छोडेका हुन् । पहिले एउटै घरमा ५ देखि ६ ओटासम्म भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले एउटा मात्रै भैँसी देखिने गरेको गुठिचौर गाउँपालिका–५ का हरिचन्द्र धितालले बताए ।

गाउँका स्थानीयले भैँसी पाल्न क्रमिकरुपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ ।

गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका आचार्य डेरी उद्योगका प्रोपाइटर खडानन्द आचार्यले बताए ।

भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गएको चन्दननाथ नगरपालिका–४ मालाभिडका भैँसीपालक किसान कृष्णप्रसाद देवकोटाले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : २९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको