जर्मन बुण्डेसलिगामा बायर्न म्यनिखसँग साल्केको लज्जास्पद हार « Khabarhub

जर्मन बुण्डेसलिगामा बायर्न म्यनिखसँग साल्केको लज्जास्पद हार


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ ।

शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे ।

यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।

दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो ।

५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता ६-० को बन्यो ।

खेलको ७१औं मिनेटमा डेब्यु खेलाडी सानेले गोल गर्दै बायर्नलाई ७-० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा मुसिलाले गोल गर्दै बायर्नलाई ८-० को जीत दिलाए ।

जीतसँगै बायर्नले खेलमै ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ५३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट