जर्मन बुण्डेसलिगामा बायर्न म्यनिखसँग साल्केको लज्जास्पद हार « Khabarhub

जर्मन बुण्डेसलिगामा बायर्न म्यनिखसँग साल्केको लज्जास्पद हार


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ ।

शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे ।

यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।

दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो ।

५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता ६-० को बन्यो ।

खेलको ७१औं मिनेटमा डेब्यु खेलाडी सानेले गोल गर्दै बायर्नलाई ७-० को अग्रता दिलाए । त्यसपछि खेलको ८१औं मिनेटमा मुसिलाले गोल गर्दै बायर्नलाई ८-० को जीत दिलाए ।

जीतसँगै बायर्नले खेलमै ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ६ : ५३ बजे

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित

भक्तपुरको एक विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर– भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ– नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस हो