पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | Khabarhub Khabarhub

पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो ।

आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए ।

 

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ०० बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ