फुटबलरको तलब वृद्धि, महिला र पुरुष टीमको समान पार्ने तयारी « Khabarhub

फुटबलरको तलब वृद्धि, महिला र पुरुष टीमको समान पार्ने तयारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने गरी छलफल भइरहेको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने समेत छलफल भइरहेको छ ।

‘खेलाडी तलब वृद्धि हुन्छ । वृद्धि मात्रै होइन समान पनि गर्ने गरी गृहकार्य भइरहेको छ । समान काम हो किन घट बढी गर्ने भन्ने गरी छलफल चलिरहेको छ,’ प्रवक्ता राईले भने ।

उनले नेपाली समाज लोकतान्त्रिक पद्धतिमा गएको भन्ने नजिरका लागि पनि खेलाडीको तलब समान गर्ने योजनामा बनिरहेको बताएका छन् ।

अहिले एन्फाले खेलाडी र कर्मचारीको तलब बढाउने छलफल गरिरहेको छ ।

‘खेलाडीको तलब नबढी कर्मचारीको बढ्दैन । अहिले कर्मचारीको तलब बढी सकेको होइन, ग्रेड निर्धारण गरेर बेसिक तलब निर्धारण गर्ने काम भइरहेको छ । त्यसमा सुविधाहरु थपिएर तलब पाउनेछन्,’ एन्फा स्रोतले भन्यो ।

अब बढ्ने तलब खेलाडी र कर्मचारीहरुले साउनदेखिकै पाउनेछन् । खेलाडीको तलब व्यवस्थापनका लागि बजेट समायोजनको काम भइरहेको ती पदाधिकारीले भने ।

अहिले पुरुष राष्ट्रिय टीमका खेलाडीले मासिक १५ हजार पाउँछन् भने महिला टोलीका खेलाडीले ७ हजार पाउँदै आएका छन् ।

अब खेलाडीको तलब बढ्दा २० हजार वा २५ हजार गर्ने गरी छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ४७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने