फुटबलरको तलब वृद्धि, महिला र पुरुष टीमको समान पार्ने तयारी | Khabarhub Khabarhub

फुटबलरको तलब वृद्धि, महिला र पुरुष टीमको समान पार्ने तयारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला र पुरुष फुटबल टोलीको तलब समान गर्ने गरी छलफल भइरहेको छ ।

एन्फा प्रवक्ता किरण राईका अनुसार खेलाडीको तलब वृद्धिसँगै महिला टोली र पुरुष टीमका खेलाडीको तलब समान गर्ने समेत छलफल भइरहेको छ ।

‘खेलाडी तलब वृद्धि हुन्छ । वृद्धि मात्रै होइन समान पनि गर्ने गरी गृहकार्य भइरहेको छ । समान काम हो किन घट बढी गर्ने भन्ने गरी छलफल चलिरहेको छ,’ प्रवक्ता राईले भने ।

उनले नेपाली समाज लोकतान्त्रिक पद्धतिमा गएको भन्ने नजिरका लागि पनि खेलाडीको तलब समान गर्ने योजनामा बनिरहेको बताएका छन् ।

अहिले एन्फाले खेलाडी र कर्मचारीको तलब बढाउने छलफल गरिरहेको छ ।

‘खेलाडीको तलब नबढी कर्मचारीको बढ्दैन । अहिले कर्मचारीको तलब बढी सकेको होइन, ग्रेड निर्धारण गरेर बेसिक तलब निर्धारण गर्ने काम भइरहेको छ । त्यसमा सुविधाहरु थपिएर तलब पाउनेछन्,’ एन्फा स्रोतले भन्यो ।

अब बढ्ने तलब खेलाडी र कर्मचारीहरुले साउनदेखिकै पाउनेछन् । खेलाडीको तलब व्यवस्थापनका लागि बजेट समायोजनको काम भइरहेको ती पदाधिकारीले भने ।

अहिले पुरुष राष्ट्रिय टीमका खेलाडीले मासिक १५ हजार पाउँछन् भने महिला टोलीका खेलाडीले ७ हजार पाउँदै आएका छन् ।

अब खेलाडीको तलब बढ्दा २० हजार वा २५ हजार गर्ने गरी छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ११ : ४७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित