गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमित थपिए « Khabarhub

गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमित थपिए



पोखरा– गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९)संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित थपिनेमा सबैभन्दा बढी पूर्वी नवलपरासी रहेको छ । पूर्वी नवलपरासीमा मात्रै शनिवार ४५ जना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ३४ जना, हुप्सेकोट गाउँपालिकाका ९ जना र बुलिङटार गाउँपालिकाका २ जना रहेका छन् । हुप्सेकोट गाउँपालिकाकी एक जना महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसैगरी, कास्कीको पोखरा महानगपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरपालिका–४ का ४१ बर्षीय पुरुष पोखरा विश्वबिद्यालयमा कार्यरत चिकित्सक हुन् ।

यस्तै, पर्वतका २ जना संक्रमित मध्ये १ महिला र १ पुरुष छन् । एक जना पुरुष भने नेपाली सेनामा कार्यरत हुन् ।

निर्देशनालयकाअनुसार स्याङजा फेदीखोलाका १ पुरुष र वालिङका १ महिला तथा लमजुङको मध्यनेपाल ६ का १ पुरुषमा पनि शनिवार कोरोना संक्रमण पुष्टी भएको छ भने तनहुँका थप ३ जनामा संक्रमण देखिएको छ ।

होम आइसोलेशनका संक्रमितलाई सम्पर्क चिकित्सक

गण्डकी प्रदेशका होम आइसोलेशनमा बसेका कोरोना संक्रमितहरुका सम्पर्क चिकित्सकहरु तय गरिएका छन् । पोखराका ५ वटा वडाका लागि एक जना चिकित्सक तोकिएको छ ।

पोखरा महानगर १ देखि ४ नम्बर वडाका लागि प्रसूति रोग विशेषज्ञ डा. रुपेशसिंह बस्न्यात, वडा नम्बर ५ देखि १० सम्म डा. सरल लामिछाने, वडा नम्बर ११ देखि १५ सम्म डा. अष्ट श्रीकृष्ण पौडेल, वडा नम्बर १६ देखि २० सम्म डा. अविकान्त खतिवडालाई तोकिएको छ ।

यसैगरी, वडा नम्बर २१ देखि २५ सम्म डा. सुनिल अर्याल, २६ देखि २९ नम्बर वडाका लागि डा. सुशील रेग्मी र ३० देखि ३३ सम्म डा. निकास बाबु पोखरेललाई सम्पर्क चिकित्सक तोकिएको छ । होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई कुनै समस्या भएका तोकिएका चिकित्सकहरुलाई सम्पर्क गर्न पनि स्वास्थ्य निर्देशनायले पोखराले आग्रह गरेको छ ।

लक्षणविहिन नयाँ संक्रमित होमआइसोलेशमा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशनमा संक्रमित राख्ने ठाउँ अभाव भएपछि लक्षणविहिन नयाँ संक्रमितलाई घरमै रहन भनिएको छ ।

नयाँ संक्रमितहरुलाई कुनै पनि बेला समस्या हुन सक्ने भएकाले त्यसका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयले चिकित्सकहरुको ब्यवस्थापन मिलाएको छ । नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : १९ बजे

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी