कतारको होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका जारी « Khabarhub

कतारको होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका जारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले होटलहरूको लागि निष्पक्ष श्रमिक भर्ती र रोजगार प्रवर्द्धनका लागि मार्गनिर्देश गर्न निर्देशिका जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले कतारमा होटल क्षेत्रका लागि भर्ती र रोजगारीका लागि मार्गनिर्देशन उपकरण आरम्भ गरेको छ।

कतारले होटल क्षेत्रमा निष्पक्ष भर्ती र रोजगार प्रवर्द्धन गर्नको लागि यो निर्देशिका जारी गरिएको मन्त्रालयले ट्वीटर मार्फत जानकारी दिएको छ । होटेल क्षेत्रमा दिगो विकास र सभ्य कार्यको लागि कार्यरत समूहका सदस्यसँगको परामर्शपछि निर्देशिका जारी गरिएको हो ।

एडीएलएसए, आईएलओ र आईएचआरबीद्वारा संयोजित यस समूहले २०१९ को मार्चदेखि कतारमा होटल क्षेत्रमा श्रम अधिकार चुनौति र जिम्मेवारीहरू पत्ता लगाउन नियमित बैठक गरिसकेको छ ।

‘कतारमा होटल क्षेत्रका लागि निष्पक्ष भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न यो निर्देशिका तयार पारिएको हो । कतारका ४० भन्दा बढी होटलहरूका मानव संशोधन प्रबन्धकहरूको परामर्श र मार्च २०१९ देखि अप्रिल २०२० बीचको नियमित कार्यसमूह सत्रहरूको परिणाम स्वरुप यो निर्देशिका तयार पारिएको हो’, निर्देशिकाको परिचयमै लेखिएको छ ।

यो निर्देशिका अनुसार अब कतारका होटलमा निष्पक्ष रुपमा श्रमिकको भर्ती हुने र यसले हजारौ श्रमिकलाई फाइदा पुग्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ०१ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६