कतारको होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका जारी | Khabarhub Khabarhub

कतारको होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका जारी


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले होटलहरूको लागि निष्पक्ष श्रमिक भर्ती र रोजगार प्रवर्द्धनका लागि मार्गनिर्देश गर्न निर्देशिका जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले कतारमा होटल क्षेत्रका लागि भर्ती र रोजगारीका लागि मार्गनिर्देशन उपकरण आरम्भ गरेको छ।

कतारले होटल क्षेत्रमा निष्पक्ष भर्ती र रोजगार प्रवर्द्धन गर्नको लागि यो निर्देशिका जारी गरिएको मन्त्रालयले ट्वीटर मार्फत जानकारी दिएको छ । होटेल क्षेत्रमा दिगो विकास र सभ्य कार्यको लागि कार्यरत समूहका सदस्यसँगको परामर्शपछि निर्देशिका जारी गरिएको हो ।

एडीएलएसए, आईएलओ र आईएचआरबीद्वारा संयोजित यस समूहले २०१९ को मार्चदेखि कतारमा होटल क्षेत्रमा श्रम अधिकार चुनौति र जिम्मेवारीहरू पत्ता लगाउन नियमित बैठक गरिसकेको छ ।

‘कतारमा होटल क्षेत्रका लागि निष्पक्ष भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न यो निर्देशिका तयार पारिएको हो । कतारका ४० भन्दा बढी होटलहरूका मानव संशोधन प्रबन्धकहरूको परामर्श र मार्च २०१९ देखि अप्रिल २०२० बीचको नियमित कार्यसमूह सत्रहरूको परिणाम स्वरुप यो निर्देशिका तयार पारिएको हो’, निर्देशिकाको परिचयमै लेखिएको छ ।

यो निर्देशिका अनुसार अब कतारका होटलमा निष्पक्ष रुपमा श्रमिकको भर्ती हुने र यसले हजारौ श्रमिकलाई फाइदा पुग्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ०१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग