कुलमानले समर्थकलाई भने– मेरो पक्षमा समर्थन नगर्नोस्, महामारीबाट जोगिऔँ « Khabarhub

कुलमानले समर्थकलाई भने– मेरो पक्षमा समर्थन नगर्नोस्, महामारीबाट जोगिऔँ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको महामारीका कारण जोखिम उच्च भएकाले प्रदर्शन नगर्न समर्थकलाई अपिल गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै घिसिङल  प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन र महामारीमा जोखिन ननिम्त्याउन समर्थकलाई अपिल गरेका हुन् ।

‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु,’ घिसिङले विज्ञप्तिमा लेखेका छन्, ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ।’

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुनेमा आफू विश्वस्त रहेको घिसिङको भनाइ छ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै