एभर्टनको लगातार दोस्रो जित, लेविनले गरे ह्याट्रिक « Khabarhub

एभर्टनको लगातार दोस्रो जित, लेविनले गरे ह्याट्रिक


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा वेस्ट ब्रोमविचलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।

प्रिमियर लिगको यो सिजनमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका लेविनले ३१, ६२ र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

अरू २ गोल एभर्टनका लागि ह्यामेस रोड्रिग्वेजले ४५औं र मिचेल केआनले ५४औं मिनेटमा गोल गरेका थिए ।

खेल १०औं मिनेटमा ब्रोमविचका ग्रान्ड डिआगाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगान नसक्दा पहिलो हाफमा २–१ गोल अन्तरले पछि परेको थियो ।

दोस्रो हाफको दोस्रो मिनेट अर्थात् ४७औं मिनेटमा माथ्युस पियरेराले गोल गर्दै २–२ गोल बराबरी भएको थियो । पछि एभर्टनका काल्भर्टले उत्कृष्ट प्रदर्शन दिँदा ब्रोमविच ५–२ गोल अन्तरले पराजित भएको हो ।

लगातार दुई खेल जितेको एभर्टन ६ अंकसहित शीर्ष स्थानमा छ भने ब्रोमविचले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ५० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट