रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड « Khabarhub

रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए । उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए । उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ ।

२०१९ मा इंग्ल्यान्डका ह्यारी केन (१९), इंग्ल्यान्डकै रहिम स्टर्लिङ (१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की (१६) अन्तर्राष्ट्रिय गोल गरेका थिए । गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड हात पारेका थिए ।

आईएफएफएचएस सर्वाधिक गोलकर्ताको अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ । यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ०९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने