एक भाग्यमानी नेपाली जसले पहिलो पटक लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

एक भाग्यमानी नेपाली जसले पहिलो पटक लगाए कोरोनाविरूद्धको खोप


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर कोरोना भाइरसविरूको खोप बनाउने क्रम जारी छ ।

संसारमा कोरोना भाइरसविरूद्धको खोपमा अरू मुलुकलाई रसियाले उछिनी सकेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा छन् ।

उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउनु सुदूरभविष्यको कुरा बन्न सक्छ । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउन पाएका छन् ।

रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाएका हुन् ।

मस्कोमा कार्यरत ६१ वर्षीय डा.श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन् ।

सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । ३० हजार जना मध्येबाट छनौट श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना